×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

Artha Sarokar

३ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मुक्तिनाथको आगामी वार्षिक साधारणसभाले पारित गतेपछि मात्र वितरण गरिने भएको छ । बैंकले अघिल्लो वर्ष भने १७.५८ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले यस वर्ष भने थोरै लाभांश वितरण गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी