Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक र पोखरा अन्तराष्ट्रिय विमानस्थलबीच सम्झौता

अर्थ सरोकार

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ ।

पोखरामा बुधबार नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा पोखरा विमास्थलका उपप्रबन्धक विष्णु प्रसाद अधिकारी, बैंकका मार्केटिङ डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, प्रादेशिक प्रमुख प्रतिमा श्रेष्ठ, गण्डकी प्रादेशिक उपप्रवन्धक ध्रुव पौडेल, पृथ्वीचोक शाखा प्रवन्धक चर्तुभुज अर्याल लगायतको उपस्थिती रहेको थियो ।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् ।

केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK