×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरुमा ४ करोड बढी आवेदन प्राप्त

PRIME CA
GLOBAL IME BANK

‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरुमा ४ करोड बढी आवेदन प्राप्त

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाचौं योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पौष ७ गते बाट सार्वजनिक निष्काशनमा रहेको छ । सार्वजनिक निष्काशन भएको तेश्रो दिनसम्ममा ४ करोड बढी इकाईमा आवेदन प्राप्त भईसकेको छ । योजनाको सार्वजनिक निष्काशन छिटोमा पौष १२ गते र ढिलोमा पौष २१ गतेसम्म रहने भएको छ ।

उक्त योजनाको कुल १६ करोड इकाई मध्ये ४ करोड १७ लाख २७ हजार ६ सय इकाईको लागी आवेदन प्राप्त भईसकेको छ । लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १६ करोडसम्म लगानीका गर्न सक्नेछन्। लगानीकर्ताहरुले आफ्नो सी-आस्बा खाता रहेको बैंक वा मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् ।  यो योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको छ ।

उक्त योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ र यो हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्कासनसमेत रहेको छ । योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिन सक्ने प्रक्षेपणसमेत गरेको छ ।

‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: