काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता निःशुल्क खोल्न मिल्ने योजना ल्याएको छ ।
कुनै पनि ग्राहक तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस विशेष योजना ल्याइएको क्यापिटलले जनाएको छ । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले एनआइबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट तथा मेरो सेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ ।
एनआईबिएल एस क्यापिटलले आफ्नो सेवा प्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित डिम्याट खाता खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणालीमार्फत सहज रुपमा गरिरहेको जनाएको छ । उक्त योजना मंसिर १६ गतेदेखि मंसिर १८ गते (३ दिन) सम्मको लागि लागु हुने क्यापिटलले जनाएको छ ।
उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरो सेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहकमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाइ उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्