×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने प्रस्तावसहित एनएमबि बैंकले बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने अन्य एजेण्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाभांश पारित गर्ने प्रस्तावसहित एनएमबि बैंकले बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने अन्य एजेण्डा

Artha Sarokar

२९ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाभाशं पारित गर्ने प्रमुख पस्तावसहित एनएमबि बैंकले पुस २५ गतेका लागि साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि प्रस्ताव गरेको ८.२५ प्रतिशत लाभांश पारितसँगै अन्य प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात र गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाबकिताब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१)मा संसोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्ड विशेष प्रस्तावका रुपमा सभामा पेश गरिने बैंकले जनाएको छ ।

एनएमबिले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले पुस १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी