×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने प्रस्ताव सहित नर्भिकले डाक्यो पुस २९ गते साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लाभांश पारित गर्ने प्रस्ताव सहित नर्भिकले डाक्यो पुस २९ गते साधारणसभा

Artha Sarokar

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटलको वार्षिक साधारणसभा हुने भएको छ । हस्पिटलको संचालक समितिको बैठकले पुस २९ गते शुक्रबार साधारणसभा गर्ने निर्णय गरेको हो । सभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिएकी थिइन् ।

साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्ने भएको छ । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापूँजी बढेर २७ करोड रुपैयाँको उचाईमा पुग्नेछ । साथै, संचालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ उपर छलफल गरी पारित गर्ने एजेण्डा समेत रहेको छ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डामाथि साधारणसभामा छलफल हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी