×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई दियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई दियो

Artha Sarokar

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई दिएको छ । एक हजार दरका नयाँ नोट छाप्ने जिम्मा राष्ट्र बैंकले भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई दिएको हो ।

राष्ट्र बैंकले नोट छपाइका लागि समझौता गर्ने गरी आसय पत्र जारी गरेको छ । एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो ।

करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो । प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र फ्रान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन नसकेको राष्ट्र बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी