×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाजको पसारोः बढाउने बेला १० रुपैयाँ बढाउने आयल निगमले घटाउने बेला ३ रुपैयाँ घटायो तेलको मूल्य !

PRIME CA

लाजको पसारोः बढाउने बेला १० रुपैयाँ बढाउने आयल निगमले घटाउने बेला ३ रुपैयाँ घटायो तेलको मूल्य !

३ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोशेसन (आईओसी)ले इन्धनको घटेको नयाँ मूल्यसूची पठाएपछि आयल निगमले मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै अब पेट्रोलको मूल्य १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसकाके मूल्य भने यथावत नै रहनेछ ।

नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरे पनि उपभोक्ता भने सन्तुष्ट देखिँदैनन् । ‘पछिल्लो केही महिनायता निगम नाफामा छ भन्ने सुनिएको छ । तर, १० रुपैयाँ एकैचोटी बढाउने निगमले ३ रुपैयाँ घटाउँदा चित्त बुझेन’, काठमाडौंमा भेटिएका एक उपभोक्ताले भने, ‘मूल्य घटायौँ भनेर निगमले जनताको आँखामा छारो मात्रै हालेको हो ।’

यसो त आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार आयल निगम ठूलो नाफामा देखिन्छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण अन्तराष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ ।

‘अहिले निगम ठुलो संकटमा छ ।  सञ्चित नोक्सानी र बक्यौता ऋण निकै धेरै छ । निगमको ऋणभारलाई ध्यानमा राख्दै उपभोक्ताको सहजताका लागि केहि मूल्य समायोजन गरेका हौँ ।’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘अहिले यो अफ्ठ्यारोमा उपभोक्ताले सघाउनुपर्यो । चर्को महंगीमा निगमले सहयोग गरेकै हो । अब उपभोक्ताले हामीलाई सघाउनुपर्यो ।’

पछिल्लो एक महिनायता अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: