×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन, भने- ‘जे छ, त्यही अवस्थामा चल्न दिनु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन, भने- ‘जे छ, त्यही अवस्थामा चल्न दिनु’

Artha Sarokar

१५ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइने उपहारका मोबाइलमा गरिएको कडाई तत्काल कार्यान्वयन नर्गन निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट मोबाइल ल्याउँदा थप कडाई गर्ने गरि नयाँ नियम ल्याएसँगै अर्थमन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सो नियम तत्काल लागू नगर्न निर्देशन दिएका हुन् ।

‘विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘तत्कालका लागि विदेशबाट मोबाइल ल्याउने प्रक्रिया पुरानै लयमा चल्न दिन निर्देशन गरिएको छ ।’

हाल विदेशबाट मोबाइल ल्याउँदा १८ प्रतिशत भन्सार अनिवार्य रुपमा तिुर्नपर्ने नियम लागू गरेसँगै विदेशमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै उनीहरुले विरोध जनाइरहेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी