Skip to content
LAXMI SUNRISE BANK

‘नेपालले बिआरआईमार्फत कुनै ऋण लिनु हुदैन’ : पुर्व पररास्ट्रमन्त्रीद्वय

अर्थ सरोकार

काठमाडौँ । नेपालका दुई पुर्व परराष्ट्रमन्त्रीहरूले नेपालले बिआरआई मार्फत कुनै ऋण लिनु नहुने बताएका छन् । नेकपा एमालेका उपमहासचिव तथा पुर्ब परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका प्रवक्ता एवम पुर्वपरराष्ट्र मन्त्री प्रकाश महतले  शुक्रबार ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै सो धारणा राखेका हुन् ।

पुर्वपरराष्ट्र मन्त्री ज्ञवालीले ‘बिआरआई’को वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नै नभएको खुलासा समेत गरेका छन् । ‘बिआरआई’ले ‘नेपाललाई ऋणको पासोमा पार्नेु आशंका भैरहेकै बेलामा उनले सो खुलासा गरेका हुन् । बिआरआईको वित्तीय वयवस्थापनबारे छलफल सुरु नहुँदा शंका उत्त्तपन्न भएको ज्ञवालीले इङित गरेका हुन् ।

ज्ञवालीले भने,’हामीले भर्खर ९ वटा प्रथमिकताका क्षेत्र टुङ्ग्याएका छौँ । चीनसँग उक्त क्षेत्रलाई कसरी अघि बढाउने भन्ने वित्तीय पक्षको विषयमा कुनै छलफल सुरु भएको छैन । हाम्रो प्रथमिकता अनुदानबाटै काम बढाउने हो । तर ऋण लिनु पर्दा पनि नेपालको हित हुने र सहज हुने किसिमले छलफल गर्नुपर्छ ।’

त्यस्तै पुर्वपरराष्ट्र मन्त्री महतले पनि ज्ञवालीको धारणामा सहमति जनाउदै नेपालले बिआरआईको लागि ऋण लिनुनहुने बताएका छन्  । उनले नेपालमा बिआरआई योजना संचालनका लागि चीन सरकारले अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK