×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा हुने, कहिले हुँदैछ बुक क्लोज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा हुने, कहिले हुँदैछ बुक क्लोज

Artha Sarokar

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा हुने भएको छ । इन्स्योरेन्सको साधारणसभा पुस २४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने भएको हो । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा संस्थापक र सर्वसाधारण समुहको सेयर लगानी अनुपात ७१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

यस्तै, सभाले मर्जर समितिबाट पेश भएको यूनियन लाइफ र गुँरास लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि छ । सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस ८ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । हाल प्राइम लाइफको सेयर कारोबार रोक्का रहेको छ ।

प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि यसको सेयर कारोबार रोक्का रहेको छ । यी ३ कम्पनीले वैशाख २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी