×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्धघाटन सम्पन्न

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्धघाटन सम्पन्न

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्धघाटन गरिएको छ । प्रदेश १ नम्बर स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवाको शनिवार उद्धघाटन गरिएको छ । योसँगै बैंकको देशभर २ सय ६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ, शाखा कार्यालय मलगंवाको सर्लाही २ ‘ख’ का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा ‘ख’ का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमकाबीच उद्धघाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताएका थिए । शाखा कार्यालयको उद्धघाटनमा बैंकका तर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए ।

शाखा कार्यालयहरुको उद्धघाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: