×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, झण्डै २ लाख जनाले लिए नयाँ श्रम स्वीकृति

PRIME CA
GLOBAL IME BANK

पछिल्लो चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, झण्डै २ लाख जनाले लिए नयाँ श्रम स्वीकृति

२९ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक वर्षको चौमासिकको तुलनामा २० प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चौमासिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । हाल अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ ।

पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा १ लाख ९५ हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८७ हजार ४ सय २८ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशत बढी हो ।

राष्ट्र बैंकका अनुसार पहिलो चार महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: