×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्षमा मागेपछि नेप्सेले रिडी पावरको सेयर कारोबार फुकुवा गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्षमा मागेपछि नेप्सेले रिडी पावरको सेयर कारोबार फुकुवा गर्यो

Artha Sarokar

१८ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले गल्ती स्वीकार गर्दै नेप्सेसँग क्षमा याचना मागेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

रिडी पावर कम्पनीले कारोबार समयमा लाभांश घोषणा गरेको भन्दै नेप्सेले कारोबार बन्द गरेको थियो । कम्पनीले मंसिर ६ गते मंगलबार ११ बजे सञ्चालक समितिको बैठक राखेर लाभांश घोषणा गरेको थियो । सो को जानकारी कम्पनीले नेप्सेलाई बजार बन्द भएपछि गराएको थियो । यसरी कारोबार समयमा कानुन विपरित लाभांश घोषणा गरेको भन्दै नेप्सेले कम्पनीलाई स्पष्टिकरणसमेत सोधेको थियो ।

स्पष्टिकरणको जवाफ फर्काउँदै कम्पनीले क्षमायाचना मागेपछि नेप्सेले सोमबारदेखि लागू हुनेगरी कारोबा फुकुवा गरेको हो । ‘अब उप्रान्त यस्तो कमिकमजोरी नगर्ने/नगराउने प्रतिबद्धता व्यक्ति गर्दै कम्पनीले क्षमायाचना मागेकोले आगामी दिनमा त्यस कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अक्षरस् पालना गर्नु/गराउनु हुन सचेत गराउँदै रोक्का रहेको कारोबार फुकुवा गरिएको छ ।’ – नेप्सेले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

कम्पनीले मंसिर ६ गते आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४२।१० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी