×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

Artha Sarokar

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिलायन्स इन्स्योरेन्सको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।

दुवै कम्पनीले असार २९ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सोहि दिन देखि रिलायन्सको सेयर कारोबार रोक्का रहेको थियो । सानिमा लाइफको भने यस अघिनै कारोबार फुकुवा भइसकेको छ ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी