×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खोल्ने हैन त एनआइसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खोल्ने हैन त एनआइसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ ?

Artha Sarokar

१७ मंसिर २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  एनआइसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी नाता एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता श्लोगनसहितको उक्त नयाँ बचत खाता सार्वजनिक गरेको हो ।

बैंकली सार्वजनिक गरेको उक्त बचत खाताअन्तर्गत नयाँ खाता खोल्ने ग्राहकरुले ७.०५ प्रतिशत ब्याजदरको साथमा २४ सर्वश्रेष्ठ फाइदाहरु लिन सक्नेछन् । सर्वश्रेष्ठ बचत खातामा  सर्वाधिक उच्च वार्षिक ब्याजदर रहेको बैंकले जनाएको छ ।

यो संगै बैंकको उक्त बचत खाता अन्तर्गत कर्जा सम्बन्धी, बीमा सम्बन्धी र अन्य १८ फाइदाहरु लिन सकिनेछ । कर्जा सम्बन्धी फाइदाअन्तर्गत ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत प्रााप्त गर्न सकिनेछ । साथै पूर्व स्वीकृत कर्जा सुविधा समेत लिन सकिनेछ । त्यस्तै, सर्वश्रेष्ठ बचत खाता अन्तर्गत १० लाख रुपैयाँसम्मको घातक रोग बीमा र दुर्घटना बीमा प्राप्त गर्न सकिनेछ । साथै १ लाख रुपैयाँसम्मको औषधी उपचार खर्च प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसबाहेक बैंकले उक्त खाताअन्तर्गत अन्य १८ वटा फाइदाहरु समेत लिन सकिने बैंकले जनाएको छ । जसअन्र्तगत कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्न शुल्क नलाग्ने, निशुल्क लकर सुविधा, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड।मोबाइल बैकिङ्ग।इन्टरनेट बैकिङ्ग, स्वीप इन स्वीप आउट सुविधा र अन्य १८ सर्वश्रेष्ठ फाइदाहरु रहेका छन् ।

हाल एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी