×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण

Artha Sarokar

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी-सीएसआर) वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको जनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह,वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ ।

जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवर्द्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयाँ उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन् ।

बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षरोपण गरेको छ । बृक्षरोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताएका छन् ।

लुम्बिनीलाई केन्द्र बनाउँदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको शाइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि समेत जितेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी