काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २५ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड प्रा.लि रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभामा बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुने भएको छ ।
साथै, सभामा २०७९/८०का लागी लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संसोधन गर्ने एजेण्डा पनि रहेको छ । बैंकले सभा प्रयोजनका लागी पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्