काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ घाटा व्येहोरेको छ ।
यता, हाइड्रोपावरको असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानी भने २५५.१२ प्रतिशतले बढेर १५ करोड ५० लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
साथै, कम्पनीको संचालन आम्दानी १३ करोड ८० लाख रुपैयाँ रहेको छ । शिव श्रीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । जगेडा कोष ५७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, हाइड्रोपावरको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४४ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ १९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्