काठमाडौं । सिद्धार्थ बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकको मङ्सिर २० गते मंगलबार बसेको संचालक समितिको बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुने भएको छ । बैंकको हाल कायम १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्