काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।
काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शोको ‘टिजर’ र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै ‘शो’का निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरेको छ ।
र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी, जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।
कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए । कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाको बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताईन ।
त्यसैगरी, र्याप स्टारका निर्णायक तथा र्यापर गिरिश खतिवडाले नेपाली समाजमा ¥यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्याप विधाले समाजको चित्रण गर्ने बताए । पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए ।
डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो वैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्