×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटरले ‘एडिट अप्सन’ सहित पुनः सुरु गर्यो ‘ब्लु टिक सब्सक्रिप्सन सर्भिस’, मासिक ११ डलरसम्म तिर्नुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ट्वीटरले ‘एडिट अप्सन’ सहित पुनः सुरु गर्यो ‘ब्लु टिक सब्सक्रिप्सन सर्भिस’, मासिक ११ डलरसम्म तिर्नुपर्ने

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ट्वीटरले सोमाबारदेखि ‘ब्लु टिक सब्सक्रिप्सन सर्भिस’ पुनः सुरु गरेको छ । डिसेम्बर १२ देखि लागू हुनेगरी ट्वीटरले एन्ड्रोईड युजरका लागि मासिक ८ र आईओएस युजरका लागि मासिक ११ अमेरिकी डलर मूल्य निर्धारण गरेको छ ।

ट्वीटरका मालिक एनल मस्कले यसपटक आईफोन युजरका लागि ‘ट्वीटर ब्लु टिक सब्सक्रिप्सन सर्भिस’को मूल्य बढाएका हुन् । एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण मूल्य वृद्धि गरिएको ट्वीटरले जनाएको छ । यसपटक ट्वीटरले बिजनेश र सरकारी एकाउन्टका लागि छुट्टाछुट्टै चेकमार्क ल्याउने तयारी गरेको छ ।

ट्वीटरका अनुसार सोमबारदेखि वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइब गर्नुपर्नेछ । ट्वीटरको नयाँ नियम अनुसार ब्लु टिकका सब्सक्राईबरका लागि ट्वीट एडिट गर्न पाउनुका साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड र एउटा निलो चेकमार्क पाउनेछन् ।

यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्विटरले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: