काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १००% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यस्तै, सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएको छ । अपर तामाकोशीले १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद सेयर जारी हुने भएको छ । अपर तामाकोशी र नागरिक लगानी कोषबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।