काठमाडौं । ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचालेको अर्जेन्टिनाको जितसँगै फिफा विश्वकप २०२२ पनि समाप्त भएको छ । आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप ट्रफी उचालेको हो ।
अर्जेन्टिनाको यो जितसँगै सुपर स्टार फुटबलर लिओनल मेसी सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । कतारमा सम्पन्न २२औँ संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले आफुलाई पेले र म्याराडोना जस्ता महान् खेलाडीको सूचीमा उभ्याएका छन् ।
त्यस्तै, विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनासँग हार बेहोरेको फ्रान्सका केलिएन एम्बाप्पेले पनि उत्कृष्ट खेल प्रदर्शन गरे । उनी फुटबलको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् १९६६ मा इंग्ल्याण्डका जिओफ हस्र्टले फाइनलमा ह्याट्रिक गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्