×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभुलाई ‘ब्रेकअप’ दिएर अजोडले युनाइटेडसँग गर्यो मर्जर सम्झौता, ‘अजोडबाट बेजोड धोकाधढी !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभुलाई ‘ब्रेकअप’ दिएर अजोडले युनाइटेडसँग गर्यो मर्जर सम्झौता, ‘अजोडबाट बेजोड धोकाधढी !’

Artha Sarokar

२७ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रारम्भिक सहमतिविपरित स्वाप रेसियो र सीइओको विषयमा चर्को बार्गेनिङ गरेको अजोड इन्स्योरेन्सले अन्तत: प्रभु लाइफ इन्स्योरेन्सलाई धोका दिएर मर्जर भाँडेको छ । मर्जर भाँडेको मात्र होइन भोलिपल्टै युनाईटेड इन्स्योरेन्ससँग कम्पनीले मर्जर सम्झौतासमेत गरेको छ ।

प्रभु र युनाईटेड इन्स्योरेन्सले नाम प्रभु इन्स्योरेन्स र स्वाप रेसियोसमेत डिडिएबाट फाइनल गर्नेगरी सम्झौता गरेको थियो । तर पछि अजोडले सो सहमतिविपरित नाम र स्वाप रेसियोमा निहुँ खोजेपछि प्रभु बिच्किएको थियो । अझ मर्जरपछि अजोडकै सीइओ हुनुपर्छ भन्ने अडान अजोडले लिएपछि अन्तत: मर्जर भाँडिएको थियो । स्रोतले दिएको जानकारी अनुसार यो मर्जर भाँडिनुमा अजोडको धोकाधढी नै मुख्य कारण हो । ‘अजोडबाट बेजोड धोकाधढी भयो, यस्तो सोचेका पनि थिएनौँ ।’ प्रभु बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘ठिकै भयो, छुट्टिएकै ठिक छ।’

यता प्रभुसँग मर्जर भाँडिएपछि कम्पनीले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ । सहमति पत्रमा दुवै कम्पनीका वार्ता टोलीका प्रमुखले हस्ताक्षर गरेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसो त यी दुई कम्पनीको मर्जरको छलफल एक्कासी  भएको भने होइन । दुई कम्पनी मर्जरमा जाने र आफुलाई डेपुटी बनाउने तयारी गरेको थाहा पाएपछि युनाईटेडकि तत्कालीन सीइओ उपाशना पौडेलले कम्पनी छोडेकी थिइन् ।

अहिले भएको सहमति अनुसार १००:९० मा स्वाप फाइनल भएको छ भने अध्यक्ष युनाइटेड इन्स्योरेन्सले पाउनेछ ।  मर्जर लगत्तै सिइओ अजोडबाट हुनेछन् भने मर्जरको केहि समयपछि अजोडका सीइओलाई बिदा गरेर नयाँ सीइओ ल्याउने तयारी भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी