काठमाडौं । पछिल्लो समय कालोसूचीमा पर्नेहरुको संख्या ह्वात्तै बढेको छ । व्यापार-व्यवसायमा कमी हुँदा अधिकांश व्यापारी–व्यवसायीहरुको व्यवहार बिग्रिएका कारण यस्तो स्थिति आएको हो ।
कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा मात्रै कालोसूचीमा पर्नेहरुको संख्या करिब साढे १४ हजार पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८९.७८ प्रतिशतले बढी हो ।
‘पछिल्ला दिन कालोसूचीमा पर्नेहरु एकदमै बढेको अवस्था छ, तर जति पनि कालोसूचीमा पर्छन् त्यसमा ८५ प्रतिशत केस चेक बाउन्सको हुन्छ ।’ कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिल चन्द्र अधिकारीले अर्थ सरोकारसँग भने – ‘कालोसूचीमा पर्नेहरुमध्ये करिब १५ प्रतिशतको हाराहारीमा ‘डिफल्ट लोन’ पर्ने गरेका छन् । यो क्रम बढ्दो छ ।’
देशको अर्थतन्त्रमा समस्या देखिएसँगै व्यापार व्यवसायमा संकुचन देखिएको छ । त्यसमाथि पनि घरजग्गा व्यवसायमा आएको मन्दी र बैंकको बढ्दो ब्याजदरले व्यवसायीहरु समस्यामा छन् । यही कारण व्यवसायीहरुको व्यवहार बिग्रिदा चेक बाउन्सका केस बढेका हुन् ।
कालोसूचीमा परेपछि बैंकबाट ऋण थप ऋण लिन समस्या हुन्छ । यो समस्याले व्यवसायीहरुलाई थप पिरोलेको व्यवसायीहरु बताउँछन् । बैंकमा भुक्तानीका लागि पेश गरिएको चेक, खातामा रकम नहुँदा बाउन्स हुने गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्