काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)का अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा ११०औँ स्थानमा छ । सन् २०२२ को भ्रष्टाचार अवधारण सूचकांक सार्वजनिक गर्दै टीआईले नेपालको अवस्थामा केही सुधार आएको भए पनि भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको जनाएको छ ।
टीआईले सार्वजनिक गरेको सूचकांकका अनुसार सन् २०२१ मा १०० मध्ये ३३ अंक प्राप्त गर्दै भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा ११७औँ स्थानमा रहेको नेपाल सन् २०२२ मा भने ३४ अंक प्राप्त गरी ११०औँ स्थानमा देखिएको छ ।
सूचकांकका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क देखिएको छ, जसले सन् २०२२ मा ९० अंक प्राप्त गरेको छ । त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुनेमध्ये १२ अंक प्राप्त गर्दै सोमालिया सबैभन्दा माथि देखिएको छ ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५ औं), मालदिभ्सले ४० अंक (८५ औं), भारतले ४० अंक (८५ औं), श्रीलंकाले ३६ अंक (१०१ औं), नेपालले ३४ अंक (११० औं), पाकिस्तानले २७ अंक (१४० औं), बंगलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीन ४५ अंक प्राप्त गरी ६५ औं स्थानमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्