×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, को हुन् उनी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, को हुन् उनी ?

Artha Sarokar

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला झापा धुलाबारी नगरपालिका वडा. नं. १० सुगामटोल स्थाई घर भई हाल काठमाडौंको किर्तिपुरमा बस्ने ३२ वर्षीय हेमसागर भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने प्रलोभनमा परी रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले पटक-पटक गरी पिडितहरुबाट १ लाख ७२ हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले भण्डारीलाई पुस १७ गते काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी