×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रममन्त्रीको सफेद झुठ- ‘धेरै व्यवसायमा छु, म्यानपावरमा छैन’

PRIME CA
GLOBAL IME BANK

श्रममन्त्रीको सफेद झुठ- ‘धेरै व्यवसायमा छु, म्यानपावरमा छैन’

४ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार श्रम तथा रोजगार मन्त्रीमा रास्वपाका डोलप्रसाद (डिपी) अर्यालको नियुक्ती चौतर्फि चर्चाको विषय बन्यो । नेपाली जनताबाट पैसा लिएर विदेश पठाउने म्यानपावर चलाएका व्यक्ति नै श्रममन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा मन्त्री अर्यालयको व्यापक आलोचना समेत भयो ।

मन्त्री बनेसँगै थप विवादित बनेका डोलप्रसाद (डिपी)अर्यालले अर्को विवादित झुठ बोलेका छन् । उनले चर्को आलोचनाबाट आफुलाई बचाउ गर्दै विभिन्न व्यवसायमा रहेको भए पनि म्यानपावर कम्पनीमा भने नरहेको दाबी गरेका छन् ।

श्रममन्त्रीमा नियुक्त भएका अर्याल श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिको अन्तराष्ट्रिय बजार निर्देशक समेत रहेको समाचार विभिन्न सञ्चारमाध्यले समेत सार्वजनिक गरे । तर, चर्को आलोचना हुन थालेपछि मन्त्री अर्यालले आफु म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेका हुन् ।

चर्को आलोचनापछि स्पष्टिकरण दिँदै श्रममन्त्री अर्यालले आफु विभिन्न व्यवसायमा भए पनि म्यानपावरमा नभएको बताएका हुन् । ‘हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए तर हटाइदिन भुले ।’– उनले स्पष्टिकरणमा लेखेका छन् ।

वैदेशिक रोजगारीको आवरणमा अकुत सम्पत्ति कमाएको आरोपमा अर्यालमाथि सम्पत्ति सुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरेको थियो । हाल पनि मन्त्री बनेका अर्याल छानबिनकै क्रममा रहेको स्रोतको दाबी छ ।

अर्याल सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालीका लगानीकर्तामात्र होइनन्, बरु ओभरसिजको आधिकारिक वेबसाइटमा अन्तराष्ट्रि बजार निर्देशक पदमा रहेको उल्लेख गरिएको थियो । तर, हाल सो वेबसाइट नखुल्ने बनाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: