×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पत्ति शुद्धिकरणमा छानबिनमा रहेका म्यानपावर र रेमिट्यान्स व्यवसायी श्रममन्त्री बने, अब के हुन्छ ?

PRIME CA
GLOBAL IME BANK

सम्पत्ति शुद्धिकरणमा छानबिनमा रहेका म्यानपावर र रेमिट्यान्स व्यवसायी श्रममन्त्री बने, अब के हुन्छ ?

४ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रिपरिषद् विस्तार गरे । सत्ता भागवण्डाका क्रममा विभिन्न पार्टीबाट नयाँ अनुहार मन्त्री बने । तर, मन्त्रिपरिषद्मा केही विवादित छविका व्यक्ति पनि मन्त्रि बनेपछि अहिले चौतर्फि बहस सुरु भएको छ । र तिनैमध्येका एक हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्याल ।

मंगलबार सम्पत्ति शुद्धिकरण छानबिनमा रहेका म्यानपावर र रेमिट्यान्स व्यवसायी डोलप्रसाद अर्याललाई रास्वपाले मन्त्री बनायो । उनी मन्त्रि मात्रै बनेनन्, बरु मंगलबार पद तथा गोपनियताको शपथ खाँदै पदभार ग्रहण समेत गरे ।

यसअघि अर्यालमाथि वैदेशिक रोजगारीको आवरणमा अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति सुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि छानबिन सुरु गरेको थियो । हाल पनि मन्त्री बनेका अर्याल छानबिनकै क्रममा रहेको स्रोतको दाबी छ ।

अर्याल सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालीका लगानीकर्तामात्र होइनन्, बरु सो रोजगार सम्बन्धी कम्पनीका इन्टरनेशनल मार्केटिङ डाइरेक्टर समेत रहेको देखिन्छ । यति मात्र होइन अर्याल ईजीलिंक रेमिट्यान्स कम्पनीको सीईओ समेत हुन् । यद्यपी उनी मन्त्रि बनेसँगै यी दुवै पदमा उनको नाम हटाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: