काठमाडौं । नेकपा एमालेका नेता तथा सामाजिक अभियान्ता दुर्गा प्रसाँईले बैंकको प्रेसरका कारण व्यापारी ‘प्रेसर’का बिरामी भएको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियान्त प्रसाँईले यस्तो बताएका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाऊ अभियान अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध देशभर आयोजना गरिने कार्यक्रमको घोषणा सम्बन्धमा आयोजित पत्रकार सम्मेलन’लाई सम्बोधन गर्दै प्रसाँईले देशमा बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति थामिनसक्नुको भएको बताएका छन् । ‘बैंकको ज्यादति यतिसम्म छ कि ऋण लिएकाहरुलाई प्रेसर दिएर मर्न बाध्य बनाउछन्’, उनले भने, ‘सम्पत्ती त लान्छन् नै समाजमा मुख देखाएर हिँड्न पनि नसक्ने बनाउँछन्, मर्न बाध्य बनाउँछन्, यिनिहरुलाई आत्महत्या दुरुत्साहन मुद्धा लाग्ने कि नलाग्ने ?’
बैंकको चर्को ब्याजदर र प्रेसरका कारण अधिकांश व्यापारीहरु विस्थापित भएको समेत प्रसाँईले बताए । ‘मुलुक त सक्कियो, पूर्वका ४० प्रतिशत व्यापारी सिलगढीतिर लागिसके । काठमाडौंकै पुतलीसडकतिर अधिकांश व्यापारीहरुको सटर बन्द भईसके, ‘टू–लेट’का ब्यानर देखिन्छन्’, उनले थपे, ‘त्यसैले मुलकु बचाउने अभियानमा सबैजना लागौँ । विदेशका बैंकमा पैसा राखेका नेताहरुको पैसा घोप्टो पारेर, लात्ताले हानेर नेपालमा ल्याउनुपर्छ ।’
त्यस्तै, उनले ५५ जना व्यापारीहरुले सुरु गरेको अभियानले देशको नीति बदल्ने समेत दाबी गरेका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकको ब्याज बढ्यो भनेर बैंककै मालिक राष्ट्र बैंक पुगेर बार्गेनिङ गर्ने गरेको आरोप समेत लगाए ।
आर्थिक संकुचन र बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिका विरुद्धमा थालिएको देशव्यापी अभियानमा सहभागी हुनसमेत अभियान्ता प्रसाँईले सबै व्यापारीलाई आग्रह गरेका छन् । (भिडियो):
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्