×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिट क्यापिटलको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा आचार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एलिट क्यापिटलको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा आचार्य

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । शुक्रबार शंकर होटल लाजिम्पाटमा सम्पन्न भएको साधारणसभाले नयाँ सञ्चालक समिती समेत निर्विरोध चयन गरेको छ ।

सभाले दिनेश आचार्यको अध्यक्षतामा सञ्चालक समितिको नयाँ नेतृत्वमा चयन गरेको जनाएको छ । नवनिर्वाचित सञ्चालकहरू बोधप्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल रहेका छन् । गत वर्ष स्थापना भएको सो सस्था सेयर बजारका सक्रिय लगानीकर्ताको सहकार्यमा गैरआवासिय नेपालीको लगानीमा सञ्चालित छ ।

मर्चेन्ट बैंकरको रूपमा कारोबार सुरू गर्ने तयारी गरिरहेको उक्त क्यापिटललाई नेपाल धितोपत्र बोर्डले सञ्चालनका लागि सैद्धान्तिक सहमती (एलओआई)दिइसकेको छ ।

उक्त क्यापिटलले लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, अन्डरराइटिङ र डिपी खाता सञ्चालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरूको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ ।

मर्चेन्ट बैंकरको संख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा स्थापित यस संस्थाले बजारमा नयाँ योगदान दिने कुरामा विश्वास गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी