×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व रेकर्ड तोड्दै धेरै सम्पत्ति गुमाउने पहिलो व्यक्ति बने मस्क

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्व रेकर्ड तोड्दै धेरै सम्पत्ति गुमाउने पहिलो व्यक्ति बने मस्क

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएका छन् । सबैभन्दा धेरै सम्पत्ति गिरावट भोग्ने व्यक्तिका रुपमा मस्क विश्व रेकर्डमा दर्ता भएका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम सीएनबीसीका अनुसार मस्कले सन् २०२२ मा मात्रै १ खर्ब ८२ अर्ब अमेरिकी डलर गुमाएका छन् । सम्पत्तिमा यति ठूलो गिरावट भोग्ने मस्क विश्वकै पहिलो व्यक्ति हुन् ।

यसअघि विश्कै सबैभन्दा धेरै सम्पत्ति गुमाउनेको पहिलो नम्बरमा जापानका मासायोशी सन रहेका थिए । मासायोशीले सन् २००० मा ५८.६ अर्ब डरल सम्पत्ति गुमाएका थिए । त्यस्तै, अमेजनका संस्थापक जेफ बेजोसले सन् २०२२ मा ८० अर्ब डलर गुमाउदा मेटाका सीईओ मार्क जुकरबर्गले ७८ अर्ब डलर गुमाएका छन् । तर, ट्वीटरका मालिक समेत रहेका एलक मस्कले अघिल्लका सबै रेकर्ड तोडेका छन् ।

फोब्र्सको तथ्याकंलाई आधार मानेर गिनिजले मस्कलाई विश्व गिनिज रेकर्डमा दर्ता गरेको हो । रियल टाइम बिलिनियरसका अनुसार मस्कको हालको सम्पत्ति १४६.५ बिलियन डलर रहेको छ । यसअघि सन् २०२१ को अन्त्यसम्ममा मस्कको कुल सम्पत्ति ३२० बिलियन डलर रहेको थियो । हाल उनी विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: