काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० कायम गरेको छ ।