Skip to content
LAXMI SUNRISE BANK

आइतबार एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ५ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK