काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार १ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।