काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार १ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।