×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह मन्त्रालय नपाए रास्वपा सरकारमा नबस्ने !

PRIME CA
laxmi sunrise bank

गृह मन्त्रालय नपाए रास्वपा सरकारमा नबस्ने !

अर्थ सरोकार

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री नपाए सरकारमा नबस्ने चेतावनी दिएको । रास्वपा स्रोतका अनुसार मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटवार्ताका क्रममा रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीलाई दिन माग गरेका थिए ।

‘प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राजनितिको समसामयिक विषयसँगै गृहन्त्रालयको प्रसंग पनि उठेको थियो’, स्रातले भन्यो, ‘पार्टी सभापतिले स्पष्ट रुपमा गृह मन्त्रालय रास्वपालाई दिन माग गर्नुभएको थियो । छलफलकै क्रममा उहाँले गृहमन्त्रालय रास्वपाले नपाए सरकारबाट बाहिरिने आशय समेत प्रस्तुत गर्नुभएको थियो ।’

सरकार गठन हुनेबेलामै भएको सहमतिका आधारमा गृह मन्त्रालय रास्वपाले पाएको र अहिलेको अवस्थामा गृह मन्त्रालय नपाएको खण्डमा रास्वपा सरकारबाट बाहिरिने रास्वपा स्रोतको दाबी छ ।

स्रोतका अनुसार छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकता लिएको भए पनि राहदानीको विषयमा अझै विवाद रहेको भन्दै रवि लामिछानेलाई तत्कालका लागि हतार नगर्न सुझाएका थिए । तर, रास्वपाले गृहमन्त्रलाय आफ्नै पार्टीले पाउनुपर्ने अडान लिँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: