×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको सर्वोच्च अदालतद्वारा सरकारले गरेको नोटबन्दी सहि भएको ठहर, राष्ट्र बैंकको ५ करोड ६ लाख रुपैयाँ भारु डुब्यो !

PRIME CA
GLOBAL IME BANK

भारतको सर्वोच्च अदालतद्वारा सरकारले गरेको नोटबन्दी सहि भएको ठहर, राष्ट्र बैंकको ५ करोड ६ लाख रुपैयाँ भारु डुब्यो !

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

भारतको सर्वोच्च अदालतले सन् २०१६ मा त्यहाँको सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको फैसला गरेको छ । योसँगै भारतमा गरिएको नोटबन्दी सहि थियो वा गलत भन्ने बहस अव टुंगीएको छ ।
भारतको सर्वोच्च अदालतले गरेको निर्णयपछि नेपालसंग भएको ५०० र एक हजार दरका ५ करोड ६ लाख भारतीय रुपैयाँ भने अव कागज सरह नै हुने भएको छ ।
कालोधन नियन्त्रणका लागि सन् २०१६ मा  भारत सरकारले त्यहाँको ५०० र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सरकारले ती नोटमा प्रतिबन्ध लगाएपछि सरकारको सो निर्णयका विरुद्ध भारतको सर्वोच्च अदालतमा रिट परेको थियो । लामोसमयदेखि विचाराधीन मुद्धामा अदालतले सरकारको पक्षमा फैसला सुनाएपछि अन्तत: यो मुद्धा टुंगीएको हो ।
मुद्धा टुंगिएपछि नेपालसंग भएको रकमले बैधता पाउने सम्भावना पनि टुगीएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: