काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङमार्फत जुनसुकै इन्स्योरेन्स कम्पनीको प्रिमियम सहजै तिर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकको सहजतालाई ध्यानमा राख्दै सहजै इन्स्योरेन्सको प्रियिमय तिर्न सकिने सुविधा ल्याएको हो ।
बैंकले इन्स्योरेन्सको प्रिमियम तिर्न कम्पनीमै पुग्नुपर्ने वा पेमेन्टको झण्झटिलो प्रक्रियाबाट छुटकरा पाउन मोबाइल बैंकिङबाटै प्रिमियम तिर्ने सुविधा ल्याएको जनाएको छ ।
‘अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाटै ग्राहकहरुले जुनसुकै बीमा कम्पनीमा गरिएको जुनसुकै इन्स्योरेन्सको प्रिमियम तिर्न सक्छन् ।’, बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यो सुविधाका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ सुविधा लिएको हुनुपर्छ । मोबाइल बैंकिङको प्रयोग गरी ग्राहकले एक क्लिकमै कुनै झण्झटबिना इन्स्योरेन्सको प्रिमियम तिर्न सक्छन् ।’
यसो त बैंकले ल्याएको उक्त सेवाका कारण इन्स्योरेन्सको प्रिमियम तिर्नका लागि निकै सहज भएको बैंकका ग्राहकहरुको भनाई छ । बैंकले मोबाइल बैंकिङबाटै इन्स्योरेन्सको प्रिमियम तिर्न सकिने गरी ल्याएको सुविधाले विगतमा प्रिमियम तिर्न हुने झण्झटको अन्त्य भएको बैंकका ग्राहकले बताएका छन् ।
‘हिजोका दिनमा इन्स्योरेन्सको किस्ता तिर्न कम्पनीमै वा किस्ता बुझाउन अन्य प्रक्रियाको प्रयोग गर्नुपर्दथ्यो । तर, अहिले बैंकको मोबाइल बैंकिङबाटै प्रिमियम तिर्न सकिन्छ । साह्रै सहज भएको छ ।’, बैंकका एक ग्राहकले भने ।
हाल एनआईसी एशिया बैंकको देशभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखाहरु रहेका छन् । बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्