×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजबाट सुरु

PRIME CA

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजबाट सुरु

२७ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले आज (बुधबार)बाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंकले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

दुवै बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर भएको हो । योसँगै अब मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी करिब ३५ अर्ब पुग्नेछ । त्यस्तै, जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड रुपैयाँ रहनेछ भने निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने भएको छ ।

मर्जरपछि बन्ने नयाँ (नेपाल इन्भेष्टमेन्ट मेगा)बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे रहनेछन् भने सञ्चालक नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाल बन्नेछन् । त्यस्तै, मेगा बैंकबाट गोपाल खनाल, मुक्तराम पाण्डेय र मदन कुमार आचार्य सञ्चालकमा रहने सहमति भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले एकजना सञ्चालकको टुँगो लगाउन बाँकी छ ।

मर्जरपछि बैंकको सीईओमा ज्योतिप्रकास पाण्डेय रहनेछन् भने वरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको भुमिका मेगा बैंकले पाउने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: