Skip to content
LAXMI SUNRISE BANK

पालुन खोला हाइड्रोपावरले १९ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले स्थानिय बासिन्दा र सर्वसाधारणका लागी १९ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

आइपीओ निष्काशनका लागी कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पुस २४ गते आइतबार सम्पन्न भएको हो । सम्झौतामा पालुन खोला हाइड्रोपावरको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

पालुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK