×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ गते आइतबार देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीयका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

साथै, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५२ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: