कैलाली । कैलालीमा खुला नाका सँधैका लागि बन्द गरिने भएको छ । खुला नाका भएर अवैध चोरी पैठारी, तस्करी र आपराधिक गतिविधि बढ्न थालेसँगै नाका बन्द हुने भएका हुन् । शनिबार धनगढी उपमहानगरपालिकामा स्थानीय तह र सुरक्षा निकायबीचको छलफलपछि यस्तो निर्णय गरिएको हो ।
स्थानीय तह, सुरक्षा अधिकारी र स्थानीयसँगको गहन छलफलपछि खुला सिमानाका बन्द गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले बताएका छन् । ‘सीमा क्षेत्रमा देखिएका समस्या न्यूनिकरण र शान्ती सुरक्षालाई बलियो बनाउन गहिरो छलफल भयो’, नगरप्रमुख हमालले भने, ‘छलफलपछि फुलवारी क्षेत्र (वडा नम्बर १४,१८,१९)मा रहेको खुला सिमानाकामा आवतजावत शुन्य गर्ने निर्णय भएको छ ।’
लामो समयदेखि खुला सीमानाकाको कारण थुप्रै अफ्ठ्यारोको सामना गर्दै आएको फुलवारीमा अहिले महत्वपूर्ण र साहसिक निर्णय भएको वडा नम्बर १८ का अध्यक्ष भूवन रिजालले बताएका छन् । ‘अवैध चोरी पैठारी र आपराधिक गतिविधि रोक्न साहसिक निर्णय भएको छ’, उनले भने, ‘यसले तत्कालका लागि केही असहज अवस्था सृजना गरे पनि दिर्घकालीन रुपमा सबैलाई राम्रै हुन्छ । अवको तीन दिनसम्म सचेत गराउछौँ, त्यसपछि कानुनी कार्वाही सुरु हुन्छ ।’
अध्यक्ष रिजालका अनुसार खुला सिमानाकामा आवतजावत सहजताका लागि निर्माण गरिएका आकस्मिक पुलहरु पनि तत्काल भत्काउने निर्णय गरिएको छ भने सोही अनुसार निर्देशन समेत दिईसकिएको छ ।
छलफलामा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल, सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरिक्षक अशोक सिंह, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पाल, प्रहरी नायब उपरिक्षक (प्रदेश प्रहरी कार्यालय) राम बहादुर चन्द, प्रहरी निरिक्षक हिम बहादुर खत्री, व्यापारी–व्यवसायी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्