काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । आइतबार पोखरामा यति एयरको नाइन एन एएनसी एटिआर ७२–५०० विमान दुर्घटना हुँदा ज्यान गुमाएका पाइलट केसीको शालिक निर्माण गरिने भएको हो ।
कास्की जिल्लाको रुपा गाउँपालिकाले पाइलट केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी शिलालेखमा दुर्घटनामा निधन भएका ७२ जनाको नाम समावेश गर्ने निर्णय गरको हो । स्व. केसी रुपा गाउँपालिकाको पहिलो पाइलट एवम् प्रशिक्षक हुन् । उनलाई यसअघि गाउँपालिकाले रुपरत्न सम्मानबाट समेत सम्मान गरेको थियो ।
मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा मृतक सबैको नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने समेत निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।
यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ। दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्