काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘देशको अर्थतन्त्र बडो गम्भिर अवस्थामा छ, राजस्व उपयुक्त ढंगले उठिरहेको छैन’, अध्यक्ष ओलीले भने, ‘धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको छ, ऋणात्मक भएको छ । यस्तो भएको थिएन पहिले, यो गम्भिर कुरा हो ।’
त्यस्तै, ओलीले पछिल्लो समय वैदेशिक मुद्राको सञ्चिति पनि डरलाग्दो गरी घटेको समेत बताए । ‘मुद्रा सञ्चिति डरलाग्दो गरी घटेको छ, आयात गर्न सक्ने स्थिति छैन’, उनले भने, ‘निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भईरहेका छन् ।’ यसैबीचमा बढेको महंगीका कारण जनजीजवन कष्ठकर बनेको ओलीको भनाई छ ।
योसँगै विभिन्न चुनौतिहरुलाई अवसरको रुपमा परिणत गर्दै मुलुकमा देखिएको समस्या समाधान गर्नू नै नवनिर्वाचित सांसद तथा मन्त्रीहरुको कर्तव्य भएको ओलीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्