×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ’- एमाले अध्यक्ष ओली

PRIME CA
GLOBAL IME BANK

‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ’- एमाले अध्यक्ष ओली

२५ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘देशको अर्थतन्त्र बडो गम्भिर अवस्थामा छ, राजस्व उपयुक्त ढंगले उठिरहेको छैन’, अध्यक्ष ओलीले भने, ‘धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको छ, ऋणात्मक भएको छ । यस्तो भएको थिएन पहिले, यो गम्भिर कुरा हो ।’

त्यस्तै, ओलीले पछिल्लो समय वैदेशिक मुद्राको सञ्चिति पनि डरलाग्दो गरी घटेको समेत बताए । ‘मुद्रा सञ्चिति डरलाग्दो गरी घटेको छ, आयात गर्न सक्ने स्थिति छैन’, उनले भने, ‘निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भईरहेका छन् ।’ यसैबीचमा बढेको महंगीका कारण जनजीजवन कष्ठकर बनेको ओलीको भनाई छ ।

योसँगै विभिन्न चुनौतिहरुलाई अवसरको रुपमा परिणत गर्दै मुलुकमा देखिएको समस्या समाधान गर्नू नै नवनिर्वाचित सांसद तथा मन्त्रीहरुको कर्तव्य भएको ओलीले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: