×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक र सीजी डिजिटल एण्ड एलजीबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शपे बाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ ।

अब कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकहरुले फागुन १५ गतेसम्म पाउने बैंकले जनाएको छ ।

डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपेमा आफ्नो डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: