×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्जुश्री फाइनान्सले नाफामा छलाङ्ग मार्यो, खुद नाफामा ८१ प्रतिशतको बढोत्तरी, ईपीएस पनि ९ रुपैयाँले बढ्यो

PRIME CA
GLOBAL IME BANK

मन्जुश्री फाइनान्सले नाफामा छलाङ्ग मार्यो, खुद नाफामा ८१ प्रतिशतको बढोत्तरी, ईपीएस पनि ९ रुपैयाँले बढ्यो

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा फाइनान्सले १३ करोड ६५ लाख ५८ हजार २९ रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ५३ लाख ८९ हजार नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ८१ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमाससम्मको रिपोर्ट अनुसार समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा १ करोड २० लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६४.२२ प्रतिशतले बढेर ३२ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा फाइनान्सको खुद फि तथा कमिशन आन्दानी भने ४०.८४ प्रतिशतले घटेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि आकर्षक बढोत्तरी देखिएको छ । समिक्षा अवधिमामा फाइनान्सको ईपीएस ९ रुपैयाँ ४ पैसाले बढेर २० रुपैयाँ २० पैसा पुगेको छ ।

यो अवधिमा १२ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको फाइनान्सले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: