×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुबासँग रिस उठेपछि छोराले अर्बौको महल १४० रुपैयाँमा बेचे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बुबासँग रिस उठेपछि छोराले अर्बौको महल १४० रुपैयाँमा बेचे

१७ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तपाईलाई आफ्नो बुवासँग रिस उठ्यो भने के गर्नुहुन्छ ? सबैको साझा र सटिक जवाफ हुन्छ- ‘केही दिन बोल्दिन वा केही समयका लागि घरबाट टाढा जान्छु ।’ तर, जर्मनीमा ३७ वर्षीय एक युवकले बुवासँग रिस उठेपछि पुख्र्यैली महल बेचिदिएका छन् ।

जर्मनीको पूर्व राजपरिवारका सन्तानसमेत रहेका अर्नस्ट अगस्ट जुनियरले आफ्नो बुवासँग रिस उठेपछि सन् १८६७ मा निर्माण भएको ‘मेरिनबर्ग महल’ बेचिदिएका हुन् । उनले बुवासँगको रिसले १३५ कोठासहितको सो महल जम्मा १ सय ४० रुपैयाँमा बेचेका हुन् । जर्मनीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले ‘मेरिनबर्ग महल’ सन् २००० मा उनका छोरा अर्नस्ट अगस्ट जुनियरलाई दिएका थिए ।

सन् २०१८ मा ‘मेरिनबर्ग महल’ उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरेका अगस्ट जुनियरले बुवासँग रिस उठेपछि १ युरोमै सो महल बेचिदिएका हुन् । यद्यपी उनले महलको मर्मतका लागि २७ मिलियन युरो लाग्ने र त्यति धेरै पैसा आफूसँग नभएकाले ‘मेरिनबर्ग महल’ १ युरोमा बेचेको बताएका छन् । १ युरोमै पुख्र्यौली महल बेचेपछि ६६ वर्षका अर्नस्ट अगस्टले आफ्नै छोरा विरुद्ध अदालतमा मुद्धा हालेका छन् ।

द आर्ट न्युजपेपरका अनुसार अहिले अर्नस्ट अगस्ट सो महल फिर्ता गर्न कानुनको साहरा लिँदैछन् । योसँगै उनले आफ्नो छोरा विरुद्ध थुप्रै गम्भिर आरोप समेत लगाएका छन् ।

आफ्नो छोराकै कारण अस्ट्रियाको एक लजमा बस्न बाध्य भएको बताउँदै अर्नस्ट अगस्टले बिरामी हुँदासमेत आर्थिक सहायता नपाएको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् । उनी महारानी एलिजाबेथको काकातर्फका भाई पर्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: