×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज र लक्ष्मीबीचको मर्जर सम्झौता सोमबार, मर्जरपछिको बैंकको नाम ‘लक्ष्मी सनराइज’, सिइओको विषय पनि टुंगियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज र लक्ष्मीबीचको मर्जर सम्झौता सोमबार, मर्जरपछिको बैंकको नाम ‘लक्ष्मी सनराइज’, सिइओको विषय पनि टुंगियो !

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुने भएको छ । दुई बैंकबीच १:१ स्वाप रेसियोमा मर्जर हुन लागेको हो । सनराइज बैंकका एक संचालकले सोमबार मर्जर सम्झौता हुने पुष्टी गरेका छन् ।

मर्जरापछी बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । बैंकको सिइओ भने कसलाई बनाउने भन्ने विषय कागजी रुपमा टुंगिए पनि त्यो लागू नहुने सम्भावना रहेको ती संचालकको दाबी छ । उनका अनुसार दुबै बैंकले केही अधिकारीहरुलाई बैंक छोड्न भिआरएस स्किम ल्याउँदैछन् ।

सनराइजका अहिलेका सिइओ बैंकमा नरहुन् भन्ने इक्षा सनराइजका अधिकांश संचालझरुको रहेको उनको दाबी छ । सनराइजले पुस मसान्त अगावै मर्जर सम्झौता गरेको खण्डमा मर्जरमा पाउने सुविधा दिन नियामकसमेत तयार भएको स्थिति छ ।

यसअघि लक्ष्मी र माछापुच्छ्रेबीच पनि मर्जरका बारे छलफल भएको थियो भने यता सनराइज र एभरेष्टबीच पनि मर्जरको छलफल भएको थियो । तर दुवै मर्जरका विषयमा बीचमा कुरा नमिलेपछि सनराइज र लक्ष्मीले जोडी खोजिरहेका थिए । अन्तत: सोमबार दुवै पक्षबीच मर्जरको सम्झौता हुने भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी